
मोरङ । कोशीमा प्रदेश नामाकरणविरोधी पक्ष र सरकारी टोलीबीच वार्ता शुरु भएको छ । कोशी नामाकरणविरुद्ध आदोलनरत समूहसँग प्रदेश सरकारले गठन गरेको वार्ता टोलीले संवाद थालेको हो ।
कोशीमा उत्पन्न समस्या समधान गर्न प्रदेश सरकारले मन्त्री कमलप्रसाद जवेगुको नेतृत्वमा ३ सदस्यीय वार्ता बनाएको थियो । पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती सदस्य र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्य सचिव रहेको वार्ता टोलीले आन्दोलनरत पक्षसँग बिहीबार विराटनगरमा वार्ता शुरु गरेको हो ।
वार्तामा आन्दोलनरत पक्षबाट डकेन्द्र सिंह थेगिम, गोविन्दबहादुर आङबुहाङ, युवराज राई, दिवस राई, लाक्पा शेर्पा, कुमार लिङदेन मिराक, पदम लिम्बू, अर्जुन जमेली राई, जेन्टल लावती, पदम जबेगु र चन्द्रकुमार चौधरी लगायत सहभागी छन् ।
दिवस राई र लाक्पा शेर्पा लगायतका समूह भने बिहीबारको वार्तामा आइपुगेका छैनन् । उनीहरू काठमाडौँबाट आउँदै गरेको बताइएको छ। गत वर्ष फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखेको थियो । कोशी नाम पहिचानयुक्त नभएको भन्दै केही समूहले त्यसविरुद्ध आन्दोलन गर्दै आएको छ । आन्दोलनमा एक जनाले जीवन गुमाइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा