
काठमाडौँ । विश्व सामाजिक मञ्चको १६औँ सम्मेलन नेपालमा हुने भएको छ । विश्वका सीमान्तकृत समुदायको आवाज उठाइन फागुन ३ गतेदेखि ७ गतेसम्म काठमाडौँको भृकृटीमण्डपमा अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ सम्मेलन गर्न लागिएको हो ।
मञ्चअन्तर्गतको नेपाल आयोजक समितिले सम्मेलनमा ४० हजार भन्दीबे सहभागिता रहने जनाएको छ । समितिले बिहीबार पत्रकार भेटघाटमा सम्मेलनमा विद्यमान विश्व व्यवस्थाले अङ्गीकार गरेका नीति र संरचनाले सिर्जना गरेका नकारात्मक प्रभावबारे आलोचनात्मक बहस हुने बताएको छ । समितिले सम्मेलनमा सहभागी हुनका लागि अहिलेसम्म विश्वका ९१ मुलुकका १ हजार १ सय ६५ संस्था सहभागिताका लागि दर्ता भएको जानकारी गराएको छ ।
नेपाल आयोजक समितिका सदस्य डा नेत्र तिमिल्सिनाले नेपालमा पहिलोपटक हुन लागेको सम्मेलनमा आर्थिक असमानता र न्याय, श्रम, आप्रवासन, दासत्व, मानव बेचबिखन, जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछूत र हिंसा, खाद्य सम्प्रभुता, शान्ति, द्वन्द्व, सञ्चार, कानुन, स्वास्थ्य, शिक्षा आदि विषयमा नागरिक आन्दोलनको भूमिकाबारे छलफल हुने बताउनुभयो । तिमिल्सिनाका अनुसार ती विषयमा ४ सय कार्यपत्र प्रस्तुतिका लागि दर्ता भएका छन् ।
कार्यपत्र प्रस्तुतिमा ४० देखि ५० हजारको सहभागिता रहने अपेक्षा गरिएको समितिका सदस्य ओम थपलियाले बताउनुभयो । समितिका सञ्चार समन्वय उपसमितिका संयोजक सुशील विकले ‘सम्मेलनले नवउदारवाद, भूमण्डलीकरण, पुँजीवाद, जलवायु सङ्कट, पितृसत्ता, जातजाति, छुवाछूत तथा रङ्गभेद, नश्लभेद तथा यौनिकताका आधारमा हुने हिंसा, विभेद, द्वेषविरुद्ध सामूहिक आवाज उठाउने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा