
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बाँदर धपाउन रुख काटिने भएको छ। त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ र चौतारा साँगाचोकगढी नगरपालिका–११ ले बाँदरबाट बालीनाली जोगाउन रुख र झाडी काट्ने निर्णय गरेको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष शिवकुमार कार्कीले एक सूचना जारी गरी फागुन महिनाभित्र रुख काट्न र झाडी सुधार गर्न आह्वान गर्नुभएको छ । उहाँले यो काममा सहयोग पुर्याउन सबै टोल विकास समिति, वन उपभोक्ता समिति, जनप्रतिनिधि र समाजसेवीलाई अनुरोध समेत गर्नुभएको छ ।
यसअघि चौतारा साँगाचोकगढी नगरपालिका–११ ले पनि बाँदरको आतङ्क नियन्त्रण गरेर बालीनाली जोगाउन खेतबारीका रुख कटान गर्ने अभियान चलाएको छ । बाँदर लगायत वन्यजन्तु धपाउन प्रहरी परिचालन गर्दा समेत केही सीप नलागेपछि बाध्य भएर रुख कटान गर्ने अभियान चलाइएको वडाध्यक्ष रोशनराज गिरी बताउनुहुन्छ ।
गाउँमा युवा नभएका र वृद्धवृद्धा, महिला र बालबालिकाले सबै फँडानीको काम गर्न नसक्ने गुनासो वडा कार्यालयमा आएकाले वडा कार्यालयले नै रुख काट्ने र झाडी फाँड्ने निधो गरेको उहाँको भनाई छ ।
वडा कार्यालयले यसअघि बाँदरबाट बालीनाली जोगाउन ठाउँठाउँमा जाल राखेको थियो । बँदेलबाट मकै लगायत बाली जोगाउन विद्युतीय तारबार समेत गाएको वडाध्यक्ष गिरीको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा