
काठमाडौँ । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा बयान दिन सिंहदरबार जानुभएको छ ।
पूर्वसभामुख महरा विद्युतीय सिगरेट (भेप) मा लुकाएर ल्याएको सुन प्रकरणमा बयानको लागि बिहीबार सिंहदरबार जानुभएको हो। सुन तस्करी छानविन समितिको कार्यालय सिंहदरबारमा छ । छानविन समितिले बोलाएपछि पूर्वसभामुख महरा बयानको लागि त्यहाँ जानुभएको स्रोतले बताएको छ ।
भेपमा लुकाएर तस्करी भएको ९ किलो सुन प्रकरणमा संलग्न चिनियाँ नागरिकसँग महराको बाक्लो सम्पर्क र सम्बन्ध रहेको पाइएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले त्यही प्रकरणमा पूर्वसभामुख महराका छोरा राहुललाई पक्राउ गरेको थियो । त्यसबेला पूर्वसभामुख महरालाई भने कागजमा बयान गराएर छाडिएको थियो । पूर्वसभामुख महराले त्यसबेला सीआईबीसँग ती चिनियाँ नागरिकलाई आफूले फलफूल व्यवसायीका रुपमा मात्र चिनजान भएको बताउनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा