
काठमाडौँ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी पहिलो एक दिवसीय क्रिकेटमा नेपालले क्यानडालाई जितको लागि २ सय २५ रनको लक्ष्य दिएको छ ।
एक दिवसीय क्रिकेटमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अल आउट हुँदै २ सय २४ रन बनाएको छ । नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रन बनाए । ५८ बल खेलेका उनले ९ चौका र १ छक्का हानेका छन् ।
नेपालको तर्फबाट आरिफ शेखले ३८ रन जोडे । सोमपाल कामी भने २७ रनमा आउट भए । क्यानडाका तर्फबाट उदय भागवानले ३ विकेट लिए । इश्वरजित सोही र साद बिन जाफरले २, २ विकेट थपे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा