
गण्डकी । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा यही माघ २६ र २७ गते पोखरामा विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका बुद्धिचाल सङ्घको व्यवस्थापनमा आगामी विद्यालयस्तरीय छात्रछात्रा बुद्धिचाल प्रतियोगिता हुन लागेको पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिनुुभयो ।
पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा हुने प्रतियोगितामा ६० विद्यालयका दुई सय ५० जना छात्रछात्राको सहभागिता रहने उहाँले बताउनुुभयो । सात चरणमा खेलाइने प्रतियोगितामा एउटा विद्यालयबाट बढीमा दुई समूह सहभागी हुन पाउने नियम राखिएको छ । एउटा समूहमा दुई छात्र वा दुई छात्रा सहभागी हुन पाउने सदस्य सचिव खड्काले बताउनुुभयो ।
प्रतियोगितामा छात्रछात्रातर्फ प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः रु सात हजार, पाँच हजार र तीन हजारसहित पदक र प्रमाणपत्र पाउनेछन् । चौथो र पाँचौँ हुनेले क्रमशः रु दुई हजार र एक हजारसहित मेडल र प्रमाणपत्र पाउने महानगर बुद्धिचाल सङ्घका अध्यक्ष चन्द्रबहादुर गुरूङले जानकारी दिनुुभयो । छैटौँदेखि दशौँ स्थानसम्म प्राप्त गर्ने पाँच जना सहभागीले मेडल र प्रमाणपत्र पाउने उहाँले बताउनुुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा