
काठमाडौँ । ‘प्रथम एनएपीएफएस अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफि फुटबल प्रतियोगिता’अन्तर्गत आज भएका खेलमा नेपाल एपिएफ स्कुल कीर्तिपुर र मनकामना स्कुल, जोरपाटी आ–आफ्ना खेलमा विजयी भएका छन् ।
नेपाल एपिएफ स्कुल कीर्तिपुरले पुष्पसदन स्कुल, कीर्तिपुरलाई ४–० गोलअन्तरले पराजित गरेको हो । यस्तै अर्को खेलमा मनकामना सेकेण्डरी स्कुल, जोरपाटीले डिएभी स्कुल, जावलाखेललाई ४–० गोलअन्तरले नै हराएको हो । नेपाल एपिएफ स्कुल कीर्तिपुरको खेल मैदानमा उक्त प्रतियोगिता सोमबारदेखि सुरु भएको हो । प्रतियोगिताको सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमले उद्घाटन गर्नुभएको थियो ।
आगामी फागुन ८ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा उपत्यकाका १७ तथा काभ्रेपलाञ्चोकको एउटा विद्यालय सहभागी छन् । विद्यालय तहबाटै फुटबल खेलको विकास र विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अतिरिक्त महानिरीक्षक गौतमले जानकारी दिनुभयो । “भविष्यमा काठमाडौँ उपत्यका बाहिरका एपिएफका विद्यालय, अन्य विद्यालय तथा फुटबल क्लबलाई समेटेर राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरिनेछ”, उहाँले भन्नुभयो ।
प्रतियोगिताअन्तर्गत बुधबार पहिलो खेल नेपालय पब्लिक स्कुल, जोरपाटी र हारती शिक्षा मन्दिर सितापाइलाबीच तथा दोस्रो खेल ग्रिन भिलेज एजुकेशन फाउण्डेशन, कीर्तिपुर र जेम्स स्कुल, धापाखेलबीच खेल हुने छ । यसअघि सोमबार भएका खेलमा ल्याबोरेटोरी माध्यमिक विद्यालय कीर्तिपुर ३–१ गोलअन्तरले विजयी भएको थियो । अर्को खेलमा सैनिक आवासीय महाविद्यालय सल्लाधारी, भक्तपुरले लिटल एन्जल्स स्कुल हात्तिबन, ललितपुरलाई ६–१ गोलअन्तरले पराजित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा