
दार्चुला। दार्चुलाका एक वडा अध्यक्षले आफ्नै पालिकाका लेखापाललाई ज्यान मार्ने धम्की दिनुभएको छ । ल्लिाको शैल्यशिखर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष जनकसिंह डाँगाले नगरकार्यपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख (लेखापाल) विजय बिष्टलाई कार्यालयमै गएर फर्जी बिल भुक्तानी नगरेको भन्दै ज्यानमार्ने धम्की दिनुभएको हो ।
अध्यक्ष डाँगाले लेखापाल बिष्टलाई फर्जी बिलको भुत्तानी नगरेको निहुमा ज्यान मार्ने धम्की दिएको ४ मिनेट ३४ सेकेन्ड अडियो सार्वजनिक भएको छ ।
सो अडियोमा वडाध्यक्ष डाँगाले लेखापाललाई ‘भोलिदेखि शैल्यशिखरको एउटा पनि चेक नकाटियोस् है विजय जी, चेक काट्यो भने मार्दिउँला ,भोलीदेखि त लेखाको काम नगरिस, लेखामा आएर सल्लाह नगर्ने लेखामा आएर काम नगरी हुने हो र म मारि दिउला’ जस्ता शब्द प्रयोग गर्नुभएको छ ।
त्यस्तै, सो अडियोमा लेखापाल बिष्ट भुक्तानीका लागि आएको फायल नियमअनुसार नमिल्ने,फायलमा लिखित रुपमा मैले लेखेको भन्दै हाकिम सरसँग सल्लाह गर्न आग्रह गर्नुभाएको छ । तर,अध्यक्ष डाँगाले, ‘म किन गरुँ हाकीस सरसँग सल्लाह,म कसैलाई पेस गर्दैन,तपाईको उपचार गर्छु अनी पेस गर्छु, तेरो कार्यालयमा वडा नम्बर ५ को अध्यक्षको ताल्चा लाग्छ ।’
यसबारेमा नेपालकैरनले बुझ्न खोज्दा वडाध्यक्ष डाँगाले छोटो प्रतिक्रिया दिँदै अडियोमा त्यस्तो नभएको दाबी गर्नुभएको छ । यता, लेखापाल बिष्टसँग फोन सम्पर्क गर्दा उहाँको फोन अफ छ । अध्यक्ष डाँगा नेकपा एमालेबाट निर्वाचित हुनुहुन्छ ।
(वडा अध्यक्षले दिएको धम्कीको अडियो नेपालकैरनसँग सुरक्षित छ ।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा