
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । नेप्से परिसूचक मंगलबार ९ दशमलव ४४ अंकले बढेर २ हजार ८५ दशमलव ७१ बिन्दुमा अडिएको छ।
३ सय १५ कम्पनीको ७६ लाख २४ हजार ३ सय ७६ कित्ता शेयर , ६६ हजार ५ सय ५९ पटक खरिदबिक्री हुँदा २ अर्ब ५९ करोड १५ लाख ३४ हजार ९ सय ७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
व्यापार समूहको उपसूचक शून्य दशमलव ५४ र अन्य समूहको उपसूचक शून्य दशमलव ५५ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचकमा एक दशमलव ०७ प्रतिशतको वृद्धि देखिएको छ ।
समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ९ दशमलव ९ प्रतिशतले बढेको छ । सामलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ३३ करोड ७६ लाख २ हजार ४ सय ७० रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को ५ लाख ३ हजार ९ सय कित्ता शेयर खरिदबिक्री भइको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’