
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले मुलुकले स्वास्थ्य क्षेत्रमा फड्को मारेको बताउनुभएको छ ।
छत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालको ६७औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उहाँले २०४६ सालको परिवर्तनपछि नेपालको स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको बताउनुभएको हो । ‘स्वास्थ्य क्षेत्रमा केहीपनि भएको छैन भन्न मिल्दैन, विस्तारै सुधार गएको र छ थप सुधार हुँदै जानेछ’ उहाँले भन्नुभयो । उहाँले छत्रपाटी निःशुल्क चिकित्सालय अस्पताल स्थापनाका लागि तत्कालिन मन्त्री स्वर्गीय गणेशमान सिंह र क्षेत्रपाटी क्षेत्रका जनताको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्नुभयो ।
छत्रपाटी चिकित्सालको जमिन तत्कालिन नगरपालिकासँग कुरा गरेर सरकारले चिकित्सालयलाई उपलब्ध गराउन गणेशमान सिंहको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाई छ। चिकित्सालयले क्षेत्रपाटी क्षेत्रका जनतालाई निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्न लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर १७ का अध्यक्ष नविन मानन्धरले चिकित्सालयको विकासमा महानगरले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा चिकित्सालयमा पाँच र दश वर्ष अनवरतरुपमा सेवा प्रदान गर्ने कर्मचारी र सेवानिवृत्त कर्मचारीलाई सम्मान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा