
कैलाली । पूर्वमन्त्री तथा सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिव रामकुमारी झाँक्रीले जनतालाई नेताहरुले झूठा आश्वासन दिन बन्द गर्नुपर्ने बताउनुभएको छ ।
पूर्वमन्त्री झाँक्रीले सोमवार समाजवादी प्रेस संगठन कैलालीको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै नेताहरुले संकटग्रस्त क्षेत्रका घरपरिवारलाई झूठा आश्वासन देखाउने गरेको उल्लेख गर्नुभयो । ‘निकुञ्ज, वन, कारागार लगायतका संकटग्रस्त छन । त्यस्ता ठाउँमा आधारभुत सुविधा दिन मिल्दैन’ उहाँले भन्नुभयो– ‘ चुनावका बेला सबै सुविधा दिन्छु भनेर भोट माग्छन् । त्यो गर्नु गलत हो ।’
समाजवादी नेतृ झाँक्रीले शुक्लाफाँटा निकुञ्ज र कैलाली कारागार नजिक बनेका घरलाई उदाहरण दिँदै भन्नुभयो –‘निर्वाचनको समय म पनि मन्त्रीसंग शुक्लाफाटा गएकी थिए । त्यहाँ मैले बोल्न त पाईन । मैले बोल्न पाए स्पष्ट भन्थे कि बफर जोनमा लालपुर्जा पाउदैन् । सेन्सेटिभ जोन (संकटग्रस्त क्षेत्र) कहाँ हो ? सबै थाहा छ । हामीले अन्तराष्टिय कानुनमा पनि हष्ताक्षेर गरेका छौ। त्यस्ता ठाउमा झुठो बोलेर खाली भोट बैंक नबनाउ ।’
पूर्वमन्त्री झाँक्रीले सामाजिक विषयमा आफू स्पष्ट रहने गरेको बताउँदै भन्नुभयो– ‘यही शब्द भने दुई दिन गाली गर्लान तर गाली गरेर समस्या समाधान हुँदैन र झूठले पनि समस्या समाधान हुँदैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा