
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा जनताका पक्षमा दरिलो भूमिका खेल्न पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ ।
माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बिहान बसेको बैठकमा अध्यक्ष दाहालले पार्टीको नीति एवं सरकारले गरेका राम्रा कामबारे संसद्मा दरिलोरूपमा प्रस्तुत गर्न नर्देशन दिनुभएको हो ।
‘सरकारका काम र पार्टीको नीतिअनुसार राम्रो तयारी गरी दर्बिलोसँग संसदमा प्रस्तुत हुनुहोस्’ प्रधानमन्त्रीले भन्नुभयो– सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अधिकतम प्रयास गरिएको छ । सरकारले राम्रो काम गरिरहेको छ । यी विषयमा सदनमा आफ्ना कुरा राख्नुहोस ।’
प्रधानमन्त्रीले आगामी आर्थिक वर्षमा परिणाम निस्किने गरी बजेट ल्याउने तयारी गरिएको जानकारी दिँदै ३ करोडभन्दा साना योजना केन्द्रमा नराखी तल्लो तहमा पठाइने उल्लेख गर्नुभयो ।
उहाँले गठबन्धनको साझा दृष्टिकोण बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । ‘सङ्घीय लोकतन्त्र गणतन्त्र हामीहरुको सक्रियताले प्राप्त भएको व्यवस्था हो । यसको रक्षा गर्दै अगाडि बढ्नुको विकल्प छैन’ उहाँले भन्नुभयो । प्रधानमन्त्रले वर्तमान व्यवस्था विरोधी गर्नेहरुको विरूद्ध र व्यवस्थाको पक्षमा वैचारिक रूपले प्रस्तुत हुन समेत निर्देशन दिनुभयो ।
प्रधानमन्त्रीले सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण नयाँ ढङ्गले गर्न लागिरहेको बताउनुभयो । उहाँले सांसद र जनताले समेत बहस गर्ने र उनीहरूको कुरा पनि समावेश हुनेगरी नीति तथा कार्यक्रम र बजेट बनाइने उल्लेख गर्नुभयो ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक यही अधिवेशनबाट सहमतिमा पास गर्ने प्रयास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो– ‘सकेसम्म सहमतिबाट टिआरसी विधेयक टुङ्ग्याउँदा सबैको हितमा हुन्छ । सोही प्रक्रियामा जानुपर्छ ।’
बैठकमा सांसदहरुले चालु अधिवेशनमै सङ्क्रमणकालीन विषय टुङ्ग्याइनुपर्नेमा जोड दिनुभएको थियो । सांसदहरुले आगामी आर्थिक वर्षको बजेट रोजगारी सिर्जना र कृषि क्षेत्रमा केन्द्रित गर्न सुझाव दिनुभएको थियो । बैठकमा सांसद जनार्दन शर्मा, महेन्द्रबहादुर शाही, सुरेश आले मगर लगायतले धारणा राख्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा