
काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–१९ महिला च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपाल भूटानलाई पराजित गर्दै विजयी भएको छ ।
बङ्गलादेशको ढाकास्थित बिएसएसएस मोस्ताफा कमल रङ्गशालामा भएको खेलमा नेपालले भूटानमाथि १–० गोलको जित निकालेको हो । यस जितसँगै नेपालले प्रतियोगितामा शीर्ष तीन अङ्क जोडेको छ ।
नेपालको जितमा सेनु परियारले गोल गरिन् । उनले खेलको ५४औँ मिनेटमा गरेको एक गोल नै नेपालका लागि निर्णायक गोल साबित भयो । यसअघि भएको पहिलो खेलमा आयोजक बङ्गलादेशसँग नेपाल ३–१ गोलअन्तरले पराजित भएको थियो । यता भूटान भने पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।
नेपाल, बङ्गलादेश, भूटान र भारत सहभागी उक्त प्रतियोगितामा अङ्क तालिकाको शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । नेपालले आफ्नो तेस्रो खेल माघ २३ गते भारतसँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा