
काठमाडौँ । प्रेस चौतारी नेपालले यसवर्षको हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार अन्नपूर्ण दैनिकका सम्पादक अखण्ड भण्डारीलाई प्रदान गर्ने भएको छ । चौतारीको २६औँ स्थापना दिवसका अवसरमा उक्त प्रदान गरिने प्रेस चौतारीका महासचिव हीरामान लामाले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार सिन्धुपाल्चोकका माधव नेपाल, डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार रुकुमपूर्वका महेश केसीलाई प्रदान गरिने भएको छ । चौतारीले वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार रौतहटका फनिदेव महत, सावित्रीदेवी–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार काभ्रेपलाञ्चोकी काजल तामाङ, चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार रामेछापकी यासिमा महतलाई प्रदान गरिने प्रेस चौतारीले जनाएको छ ।
चौतारीको माघ २२ गते आफ्नो २६औँ स्थापना दिवस मनाउने र उक्त पुरस्कार प्रदान गरिने चौतारीका महासचिव हीरामान लामाले जानकारी दिनुभयो । चौतारीले पुरस्कार छनोट गर्नका लागि वरिष्ठ पत्रकार गोविन्द पोखरेलको संयोजकत्वमा सङ्गठनका महासचिव हीरामान लामा र सचिव हरिवल्लभ नेपाल सदस्य रहेको समिति गठन गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा