
भरतपुर । चितवनको इच्छाकामना गाउँपालिकाले गाई तथा भैँसीका लागि बीमा र पशु सुत्केरी स्याहार भत्ता कार्यक्रम ल्याएको छ । किसानलाई पशुपालन व्यवसायमा आकर्षण गर्न र दूधको उत्पादन बढाउन उक्त कार्यक्रम ल्याइएको हो ।
आर्थिक वर्ष २०८०÷८१ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार आन्तरिक स्रोतमार्फत गाई भैँसीको नश्ल सुधारका लागि पशु सुत्केरी स्याहार भत्ता र ५० प्रतिशत लागत साझेदारीमा बीमा प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाको पशुपक्षी विकास शाखा प्रमुख डा सुनिल ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कृत्रिम गर्भाधानबाट सुत्केरी भएका गाई भैँसीका लागि गाउँपालिकाले १ हजार पाँच सय उपलब्ध गराउनेछ । पशुमा कृत्रिम गर्भाधान बढाउन पालिकाले पहिलो पटक पशु सुत्केरी भत्ता कार्यक्रम ल्याएको उहाँले जानकारी दिनुभयो ।
पालिकाले कृत्रिम गर्भाधान कार्यक्रम सातवटै वडामा लागू गरेको छ । ६ महिनाको अवधिमा ३ सय ५० पशुलाई कृत्रिम गर्भाधान गराइएको तर यो सङ्ख्या न्यून रहेकाले बढाउनका लागि कार्यक्रम सञ्चालन गरिएको प्रमुख ज्ञवालीले बताउनुभयो । नश्ल सुधारमार्फत दूधको उत्पादन बढाउनका लागि पालिकाले किसानलाई प्रोत्साहन गरिरहने उहाँको भनाई छ ।
सुत्केरी स्याहार भत्ताका लागि सम्बन्धित पशुधनीको नागरिकताको प्रतिलिपि, कृत्रिम गर्भाधान गरेको रेकर्ड देखिने कृत्रिम गर्भाधान कार्ड, सुत्केरी माउ तथा बाच्छाको स्पष्ट देखिने तस्बिर, पशुधनीको बैंक खाता नम्बरसहितको निवेदन किसानले गाउँपालिकामा पेश गर्नुपर्नेछ ।
२०८० साल वैशाखदेखि फागुन ८ गतेसम्म सुत्केरी भएका पशुमा मात्र यो नियम लागू हुने पालिकाले जनाएको छ । गाई, भैँसीको बीमा गर्दा जम्मा बिमाङ्कको ८० प्रतिशत सङ्घीय सरकार, १० प्रतिशत गाउँपालिका र १० प्रतिशत कृषक स्वयंले व्यहोर्न पर्नेछ । बिमा गर्दा व्यक्तिगत गोठालो दुर्घटना बीमा पनि गरिने प्रमुख ज्ञवालीले बताउनुभयो । लम्पिस्कीन तथा खोरेत रोगविरुद्ध खोप लगाइसकेका गाई, भैँसी र व्यावसायिक फार्मलाई पहिलो प्राथमिकतामा राखिएको उहाँले जानकारी दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले वडा नम्बर ३, ४, ५ र ७ मा गाई भैँसी पालेर दूध बिक्री गर्ने किसान धेरै रहेको बताउनुभयो । ती वडाका किसानले गाई भैँसी पालेर दूध बिक्री गर्ने गरेका छन् । गाउँपालिकाले किसानका गाई भैँसीका गोठ सुधार कार्यक्रम पनि सञ्चालन गरिरहेको अध्यक्ष गुरुङले बताउनुभयो ।
बढी दूध बिक्री गर्ने किसानलाई प्रोत्साहनस्वरुप पुरस्कार उपलब्ध गराउने पालिकाको तयारी रहेको उहाँले जानकारी दिनुभयो । पशु उत्पादनलाई बढावा दिन, सुत्केरी पशुको आहारा तथा सुसारमा कमी नहोस् भन्ने उद्देश्यले कृषकको प्रोत्साहनका लागि पालिकाले अभियान सुरु गरेको उहाँले बताउनुभयो । गाउँपालिकामा ३ हजार भन्दाबढी कृषि र पशुपालनका फार्म दर्ता भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन