
कास्की । विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा सञ्चालन भएको २३औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल आज सम्पन्न फाइनल खेलमा प्रतियोगिताको पाँच पटकको च्याम्पियन थ्रिस्टार क्लबलाई ३–० गोलले हराउँदै आर्मी पहिलोपटक च्याम्पियन बन्न सफल भयो ।
यसअघि चारपटक फाइनल पुग्दासमेत उपाधि चुम्न असफल बनेको आर्मीले पाँचौँ प्रयासमा सफलता पाएको हो । यससँगै आहा! रारा गोल्डकपले नयाँ च्याम्पियन पाएको छ । खेलमा आर्मीले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल थप्दै सहज रुपमा थ्रिस्टारलाई पराजित गरेको हो ।
पहिलो हाफको ३९औँ मिनेटमा आर्मीका कप्तान जिलेप्सीजँग कार्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभयो । मध्याह्नअघिको खेलमा १–० ले पछि परेको थ्रिस्टार दोस्रो हाफमा खेलमा फर्कन प्रयास गरे पनि असफल भयो ।
खेलको ८३औँ मिनेटमा आर्मीले फत्तेमान घलेको गोलबाट अग्रता दोब्बर बनायो । इन्जुरी समयको चौथो मिनेटमा वसन्त जिम्वाले गोल गर्दै आर्मीलाई जित दिलाउनुभयो । च्याम्पियन बनेको आर्मीले नगद रु १२ लाख एक हजारसहित ट्रफी पुरस्कार पायो भने उपविजेता टोली थ्रिस्टारले नगद रु छ लाख एक हजारसहित ट्रफी पुरस्कार पायो ।
आर्मीका विमल पाण्डे प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै एक थान विद्युतीय स्कुटर पाउनुभयो । प्रतियोगिताको उत्कृष्ट गोलकिपर आर्मीका समित श्रेष्ठ, उत्कृष्ट रक्षक आर्मीका विमल पाण्डे, उत्कृष्ट मिडफिल्डर थ्रिस्टार क्लबका विवेक पौडेल, उत्कृष्ट फरवार्ड आर्मीका जिलेप्सीजँग कार्की तथा उत्कृष्ट प्रशिक्षक आर्मीका मेघराज केसी घोषित हुँदै उहाँहरुले जनही रु २५ हजार र ट्रफी पुरस्कार पाउनुभयो ।
प्रतियोगितामा सर्वाधिक तीन गोल गर्नुभएका आर्मीका दिनेश हेन्जनले नगद रु २५ हजार पुरस्कार पाउनुभयो । जावलाखेल युवा क्लब प्रतियोगिताको ‘फेयर प्ले’ टोली घोषित भयो ।
प्रतियोगिताको विजेता, उपविजेता तथा विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्सका निर्देशक प्रकाश केसी र किरण केसी, आयोजक सहाराका अध्यक्ष केशवराज बराल, सहारा युकेका पदाधिकारी लगायतले पुरस्कार वितरण गर्नुएको थियो ।
सहारा क्लब पोखराको आयोजनामा यही माघ ९ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा एक विदेशीसहित १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा