
पोखरा । पोखरामा जारी आहारारा पोखरा गोल्डकपको २३औं संस्करणको उपाधिका लागि आज विभागीय टोली त्रिभुवन आर्मी र थ्रीस्टार क्लब भिड्दैछन् । खेल दिउँसो २ बजे पोखरा रंगशालामा हुनेछ ।
थ्रीस्टार क्लब सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई १-० र विभागीय टिम नेपाल आर्मी सेमिफाइनलमा चर्च ब्वाइजलाई २-१ ले पराजित गरेर उपाधि दौडमा सामेल भएका हुन् ।
आहारारामा यसअघि अन्तिमपटक दुवै टिम २०७५ सालमा सँगै भिडेका थिए । उक्त खेलमा आर्मीलाई ट्राइबे्रकरमा ५-४ ले स्तब्ध पार्दै थ्रीस्टारले उपाधि चुमेको थियो । त्यतिबेला निर्धारित खेल २-२ को बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा