
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौं टावरको विवादबारे पुनः फेसबुकमा लेख्नुभएको छ ।
बालेनले टावरमा पटकपटक भ्रष्टाचार भएको सामाजिक सञ्जाल फेसबुकमार्फत बताउनुभएको हो । नक्सापास र ठेकेदारसँगको निर्माण सम्झौताका कारण महानगरलाई एक अर्बभन्दा बढी क्षति हुने उहाँको दाबी छ ।
भवन निर्माणसम्बन्धी कार्यविधिमा नक्सापास प्रक्रिया र स्वीकृति अनिवार्य रूपमा ईबीपीएस अनलाइन प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था छ । बालेनका अनुसार अहिले पनि सो भवनको नक्सापास छैन ।
“भवनको नक्सापासको प्रक्रियामा धेरै गम्भीर त्रुटिहरू भेटिएका छन् । महानगरलाई आर्थिक क्षति पुर्याई केही सीमित व्यक्तिहरूको नाफाका लागि नीतिगत भ्रष्टाचार भएका छन् । विभिन्न प्रमाणहरू महानगरमा सुरक्षित छन्,” बालेनले लेख्नुभएको छ ।
यस्तो छ बालेनले लेखेको स्टाटस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा
- सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा ९ रिट निवेदन दायर