
काठमाडौँ । सत्ता गठबन्धनको ठूलो दल नेपाली कांग्रेसले प्रतिनिधिसभाका १० विषयगत समितिको संयोजक टुंग्याएको छ । कांग्रेसको शुक्रबार बसेको संसदीय दलको बैठकले समितिको संयोजक तोकेको हो ।
प्रतिनिधिसभा विषयगत समितिको संयोजक तोकिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभएको छ । प्रमुख सचेतक लेखकका अनुसार अर्थ समिति संयोजकमा रामनाथ अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नारायण खड्का, उद्योग वाणिज्य तथा श्रम रोजगार उपभोक्ता हितमा रमा कोइराला शर्मा पौडेल, कानून न्याय तथा मानव अधिकारमा नागिना यादव, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा कुसुमदेवी थापा, महिला तथा सामाजिक मामिलामा आशा विकलाई संयोजक तोकिएको छ ।
राज्य व्यवस्था सुशासन समितिमा दिलेन्द्रप्रसाद बडू, पूर्वाधार विकास समितिमा दिनेशकुमार यादव, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा लीलादेवी बोकिम र सार्वजनिक लेखा समितिमा श्यामकुमार घिमिरेलाई संयोजक बनाइएको छ ।
प्रमुख सचेतक लेखकले संसदीय दलको कार्यसमितिको निर्वाचन पनि जतिसक्दो छिटो गर्ने निर्णय भएको बताउनुभएको छ । ‘आउँदो केन्द्रीय समिति बैठकले निर्वाचन समिति तोक्छ । त्यसपछि निर्वाचनबाट कार्यसमितिको संसदीय दलको कार्यसमितिले पूर्णता पाउँछ’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा