
काठमाडौँ । नेपाल शिक्षक महासंघले काठमाडौँकेन्द्रित आन्दोलनको समय हेरफेर गरेको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले मंगलबार सूचना जारी गर्दै बुधबारदेखि आन्दोलनको समय परिवर्तन भएको जानकारी दिनुभएको छ ।
महासंघले दिनहुँ बिहान ९ बजेदेखि आन्दोलन गर्दै आएकोमा बुधबारदेखि भने बिहान ११ बजेदेखि आन्दोलन शुरू हुनेछ।
‘वैशाख १० गतेबाट आन्दोलनको समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुने कुरा जानकारी गराइन्छ,’ अध्यक्ष सुवेदीले भन्नुभयो । आन्दोलनको समय किन हेरफेर गरिएको हो भन्ने बिषयमा जानकारी गराईएको छैन ।
विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै महासंघको आह्वानमा देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू चैत २० गतेदेखि काठमाडौँकेन्द्रित आन्दोलनमा छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा