
काठमाडौँ । आइसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा भारतले नेपाललाई २९८ रनको विशाल लक्ष्य दिएको छ । दक्षिण अफ्रिकाको माङ्गाउङ ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९७ रन बनाएको हो ।
भारतका सचिन दाश र उदय सहारानको शतकिय पारीको मद्दतमा भारतले नेपालसामु विशाल लक्ष्य पेश गरेको हो । दाशले आक्रामक शतकिय पारी खेलेका थिए । उनले १०१ बलमा ११६ रन जोडेका थिए । उनलाई गुल्सन झाले दीपक डुम्म्रेबाट म्याच गराएका थिए । यस्तै भारतीय कप्तान उदय सहारानले १०७ बलमा १०० रन जोडेका थिए । उनलाई पनि गुल्शन झाले नै आउट गराएका थिए । दाश र सहारानले चौथो विकेटका लागि २१५ रनको कीर्तिमानी साझेदारी गरेका थिए ।
नेपालका गुल्सन झाले १० ओभरमा ५६ रन खर्चेर ३ विकेट लिए । आकाश चन्दले ९ ओभरमा ६५ रन खर्चेर १ विकेट लिए ।
भारतको खातामा २६ रन हुँदा गुल्शन झाले नेपालका लागि पहिलो विकेट लिएका थिए । त्यसपछि ६१ को अबस्थामा दीपक डुम्म्रेको पासमा आकाश चन्दले दोस्रो विकेटलाई रन आउट गराएका थिए भने ६२ रनको अवस्थामा आकाश चन्दले नै तेस्रो विकेट लिएर राम्रो शुरुवात गरेका थिए । तर चौथो विकेटका लागि सचिन दाश र उदय सहारानको जोडिले २१५ रनको कीर्तिमानि साझेदारी गर्दै नेपालसामू विशाल लक्ष्य पेश गरेको हो ।
२९८ रनको लक्ष्य पछ्याउदै अहिले नेपाल व्याङिमा उत्रिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा