
काठमाडौँ। सगरमाथा आरोहणलाई व्यवस्थित र नियमन गर्न पर्यटन विभागले सगरमाथाको आधार शिविरमा फिल्ड कार्यालय स्थापना गरेको छ ।
विभागका निर्देशक लीलाधर अवस्थीले वसन्त ऋतुको सगरमाथा आरोहणलाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक समन्वयका लागि अस्थायी कार्यालय स्थापना गरिएको जानकारी दिनुभयो । विभागले अघिल्लो वर्षदेखि आरोहणलाई लक्षित गरी कार्यालय स्थापना गर्दै आएको छ ।
यसपटक पनि वसन्तयामको आरोहण अनुमगन, रिपोर्टिङ र समन्वयका लागि फिल्ड कार्यालय स्थापना गरिएको निर्देशक अवस्थीले बताउनुभयो । सरकारले सगरमाथा आरोहणका लागि हरेक समूहमा एक जना सम्पर्क अधिकृतसमेत खटाउने गरेको छ । फिल्ड कार्यालयले प्रभावकारी अनुगमनका साथै अनुमति प्रमाणीकरण, नियमन, रिपोर्टिङ प्रोटोकल, आपतकालीन समन्वय, मुद्दा समाधान, फोहर व्यवस्थापन निरीक्षणलगायत काम गर्नेछ ।
निर्देशक अवस्थीका अनुसार कार्यालयमा पाँच जना सम्पर्क अधिकृत रहनेछन् । यसमा विभागका दुई जना र नेपाल पर्वतारोहण सङ्घ र सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधि रहनेछन् । साथै हिमालयन उद्धार सङ्घले स्वास्थ्य शिविर स्थापना गरेर प्राथमिक उपचारको व्यवस्था गर्नेछ ।
सगरमाथा आरोहणका लागि हालसम्म ३७ आरोही समूहका तीन सय ७४ जनाले अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जनाएको छ । विभिन्न हिमाल आरोहणवापत रु ६४ करोड रोयल्टी सङ्कलन भएको छ । सगरमाथाबाट मात्रै रु ५५ करोड रोयल्टी उठेको विभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा
- सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा ९ रिट निवेदन दायर