
काठमाडौँ । राजावादी समूहले सबै जिल्लामा जनआन्दोलन समिति बनाउने भएको छ । राजसंस्था पुनस्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले देशका ७७ वटै जिल्लामा संयुक्त जनआन्दोलन समिति निर्माण गर्ने घोषणा गर्नुभएको छ ।
आज विज्ञप्ति जारी गर्दै गुरुङले यस्तो घोषणा गर्नुभएको हो । उहाँले संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य, संघीयताको खारेजी, भ्रष्टाचारको अन्त्य एवं सुशासनको लक्ष्य प्राप्त गर्नका लागि संयुक्त जनआन्दोलन समितिले देशका ७७ जिल्लामा समिति निर्माण गर्ने निर्णय गरेको बताउनुभएको छ ।
यसै सन्दर्भमा निश्चित लक्ष्य र अवधिका लागि निर्माण गरिने जिल्लास्तरीय समितिमा आम देशभक्त, राष्ट्रवादी नागरिकलाई सक्रिय सहभागिता र सहयोगका लागि उहाँले आह्वान समेत गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा