
काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले गुणस्तरहीन खाद्यवस्तुको आपूर्ति नियन्त्रण गर्न ‘मोबाइल ल्याब भ्यान’ तत्काल सञ्चालन गरिने बताउनुभएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री भुसालले बजारमा मानव स्वास्थ्यमा असर पार्ने गुणस्तरहीन खाद्यवस्तुको बिगबिगी बढेकाले त्यसलाई रोक्न तथा वस्तुको गुणस्तर परीक्षणका लागि प्रयोगशालासहितका भ्यान सञ्चालन गरिने बताउनुभयो ।
राम्रो काम गर्दा आउने चुनौतीको सामना गर्न तयार हुनुपर्ने बताउँदै उहाँले भन्नुभयो,“यो भ्यान कुनै पनि हालतमा सञ्चालन गर्नुपर्नेछ । ”
मन्त्री भुसालले जनतासँग खाद्यको विषय जोडिएको भन्दै विभागले काममा सक्रियता देखाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विभागलाई प्रगति विवरण अर्धवार्षिक रुपमा नभएर मासिक रुपमा सार्वजनिक गर्न निर्देशन दिँदै भन्नुभयो, “विभागभित्र प्रगति पेस गरेर जनताले सुन्दैनन्, अब मासिक रुपमा कामको विवरण सार्वजनिक गर्नुस्, आफूले गरेको काम जनताको बीचमा लैजानुस् । यसले समग्र विभाग, मन्त्रालय र सरकारको प्रगति देखिन्छ ।”
सरकारले रु २४ करोड खर्चेर खरिद गरेका प्रयोगशालासहितका केही मोबाइल भ्यान प्रयोगविहीन छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा