
काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण अहिले तीन वटा प्रदेशमा हल्का वर्षा भइरहेको छ। मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीका अनुसार अहिले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा वर्षा भइरहेको छ।
आज रातिसम्म नै यी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको उहाँ बताउनुहुन्छ।
यस्तै, बागमती प्रदेशका एक दुई स्थानमा समेत वर्षाको सम्भावना छ। उहाँले भन्नुभयो, “पश्चिमी वायुको प्रभावका कारण अहिले देशभरको मौसममा बदली भएको छ। अहिले तीन प्रदेशमा हल्का वर्षा भइरहेको छ। राति बागमती प्रदेशमा पनि हल्का पानी पर्ने सम्भावना छ।”
उच्च हिमाली क्षेत्रमा हिमपात समेत भएको छ। भोलिदेखि भने मौसममा सुधार आउने उहाँको भनाइ छ। भोलिदेखि तराई क्षेत्रमा लागेको बाक्लो तुवाँलो हट्दै गएर घाम लाग्ने सम्भावना रहेको उहाँको भनाइ छ।
उपत्यकामा छिटफुट वर्षा
काठमाडौँ उपत्यकामा आज अपरान्ह सामान्य बर्ष भएको छ । छिटफुट बर्षसंगै उपत्यकामा जाडो बढेको छ । पश्चिमी वायुको प्रभाव त्यति धेरै नभएकाले ठुलो पानी पर्ने सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखा जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा