
लुम्बिनी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार संविधान संशोधन र अर्थतन्त्र चलायमान गर्न क्रियाशील रहेको बताउनुभएको छ ।
सञ्चार मन्त्री गुरुङले मुलुकका दुई ठूला राजनीतिक दलको सहमतिमा निर्माण भएको वर्तमान सरकारको प्रमुख प्राथमिकता संविधान संशोधनसहित नागरिकलाई सुशासन दिने र अर्थतन्त्रलाई चलायमान बनाउने रहेकाले त्यही अनुसार काम भइरहेको बताउनुभएको हो ।
नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले आज भैरहवास्थित गौतमबुद्व अन्तरराष्ट्रिय बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै आम जनताको अपनत्व हुनेगरी संविधान संशोधन प्रक्रिया अघि बढेको र सुशासन कायम गर्नेगरी काम भइरहेको बताउनुभयो ।
उहाँले सत्ताघटक दुई ठूलन पार्टी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरू सम्मिलित कार्यदलले संविधान संशोधनका विषय पहिल्याउने गरी काम गरिरहेको जानकारी दिनुभयो । सञ्चारमन्त्री गुरुङले प्रारम्भिक चरणमा संविधानका सबल र दुर्वल पक्षमा छलफल गरी संशोधन गर्नुपर्ने विषय पहिचान गरी त्यसमा अन्य सत्तारूढ दलहरूसँगको छलफलपछि साझा अवधारणासहित प्रतिपक्ष दलहरूसँग समेत छलफल गरी मुलुकका सबै राजनीतिक पार्टीहरूको सहमतिमा संविधान संशोधन गरिने स्पष्ट गर्नुभयो ।
उहाँले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन सरकारका तर्फबाट आवश्यक गृहकार्यसहित तयार गरिएको १० बुँदे कार्ययोजना कार्यान्वनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय जुटरहेको जानकारी दिनुभयो ।
सञ्चारमन्त्री गुरुङले अन्तरराष्ट्रिय विमानस्थल बनेपछि त्यसको सञ्चालनमा सरकार नै लाग्नुपर्छ भनेरै १० बुँदे कार्ययोजना पारित गरेको पनि बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन