
पोखरा । पोखरामा माघ २१ गतेदेखि अन्तर्राष्ट्रिय भेट्रान फुटबल हुने भएको छ ।
‘स्वास्थ्यका लागि एक घण्टा व्यायाम, नागरिकका लागि नौलो आयाम’को नारासहित स्थापित बगर भाइ खलक पोखराले १३औँ संस्करणको ‘बगर भाइ खलक अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल’ प्रतियोगिताको तयारी गरेको छ ।
प्रतियोगिता माघ २१ देखि २७ गतेसम्म पोखराको बगरस्थित टुँडिखेल मैदानमा सञ्चालन हुने आयोजक संस्थाले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । संस्थाले समाजका प्रत्येक क्षेत्रका व्यक्तिलाई स्वास्थ्यप्रति जागरुक बनाइ आफ्नो स्वास्थ्यका लागि दिनमा कम्तीमा एक घण्टा व्यायाम गर्नुपर्दछ भन्ने सन्देशसहित प्रतियोगितालाई निरन्तरता दिएको बगर भाइ खलकका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा विदेशीसहित कूल ३६ टोलीको सहभागिता रहने बताइन्छ । अध्यक्ष गुरुङले भेट्रान खेलाडीलाई लक्षित गर्दै यस वर्षदेखि ३ विधामा प्रतियोगिता गर्न लागेको जानकारी दिनुभयो । यसपटक ४० वर्षमाथि, ५० वर्ष माथि र ६० वर्षमाथि गरी ३ उमेर समूहमा प्रतियोगिता सञ्चालन हुने बताइन्छ ।
अध्यक्ष गुरुङले प्रतियोगिताको उद्देश्य युवा पिँढीलाई खेलकुदप्रति आकर्षित गर्नु रहेको बताउनुभयो । अग्रजलाई सम्मान, समकालीनलाई व्यायाम र अनुजलाई खेल स्वास्थ्यप्रति जागरुक बनाउने उद्देश्यसहित संस्थाले गतिविधि अगाडि बढाएको अध्यक्ष गुरुङले बताउनुभयो ।
प्रतियोगिताको ४० वर्षमाथि उमेर समूहको विजेताले रु दुई लाख प्राप्त गर्नेछन् भने उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले १५ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले भने समान ५ हजारका दरले नगद पुरस्कार पाउने आयोजक संस्थाका महासचिव याम गुरुङले जानकारी दिनुभयो । ४० वर्षमाथिमा २३ टोलीको सहभागिता रहेको छ ।
यसैगरी ५० वर्षमाथि उमेर समूहका विजेताले १ लाख र उपविजेताले ५० हजार पाउने छन् । पचास वर्ष वर्षमाथिको प्रतियोगितामा ९ टोलीको सहभागिता रहेको छ । यसैगरी ६० वर्षमाथिका विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ पाउनेछन् । यस विधामा चार टोलीको सहभागिता निश्चित भएको बताइन्छ ।
प्रतियोगितामा पोखरासहित भारतको देहरादुन, काठमाडौँ, ललितपुर, चितनव, सिरहा, हेटौँडा, सर्लाही, बुटवल, सिमरा, कैलाली, पाँचथरबाट सहभागिता रहेको छ । बगर भाइखलकले २०६८ सालदेखि निरन्त भेट्रान फुटबल सञ्चालन गर्दै आइरहेको छ ।
संस्थाले फुटबल खेल विकासमा विशेष योगदान दिने पूर्वराष्ट्रिय फुटबल खेलाडी एवं प्रशिक्षक शम्भु केसीलाई सम्मानित गर्ने भएको छ । राखेपका पूर्वप्रशिक्षकसमेत रहुनभएका केसी वरिष्ठ फुटबल प्रशिक्षक हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै