
ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले बहुजाति, बहुभाषा, परपम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवद्र्धनमा तीनै तहको सरकारले ध्यान दिनु जरुरी रहेको बताउनुभएको छ ।
‘पाटन दरबार क्षेत्रमा पुनःनिर्माण गरिएको श्री देगुतलेजु मन्दिर उद्घाटन तथा शिलापत्र अनावरण समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपतिले सम्पदा संरक्षणमा नागरिकस्तरको सचेतना, जागरुकता र चासो उत्तिकै आवश्यक रहेको पनि बताउनुभयो ।
‘भावी सन्ततिका लागि यी अमूल्य सम्पदा हाम्रो समय, इतिहास र पूर्खालाई बुझ्ने महत्वपूर्ण कडी हुन् । देशका यस्ता महत्वपूर्णस्थलको संरक्षण र संवद्र्धन गरी पूर्खाको मेहनत, परिश्रम र चिनोको रुपमा रहेका कैंयौँ सम्पदाको संरक्षण हाम्रो साझा दायित्व हो’ राष्ट्रपतिले भन्नुभयो ।
उहाँले अनुपम भौगोलिक विविधताको सुन्दर देश नेपालमा प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं प्रकृतिको बरदानका रुपमा कैयौं रमणीयस्थल रहेको उल्लेख गर्दै अनगिन्ति मठमन्दिर, शक्तिपीठ, देवस्थल र तीर्थस्थल नेपालीको सभ्यता, संस्कृति तथा राष्ट्रिय गौरवसँग जोडिएको बताउनुभयो ।
राष्ट्रपतिले ललितपुर महानगरपालिकास्थित विश्व सम्पदा सूचीभित्र पर्ने पाटन दरबार क्षेत्रको यो एउटा बहुमूल्य सम्पदा भएको उल्लेख गर्दै स्वदेशी विदेशीको प्रमुख पर्यटकीय गन्तव्य यहाँका सम्पदाले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको बताउनुभयो । देशभर रहेका हाम्रा ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा नेपाल र नेपालीको शान र पहिचान भएको उहाँको भनाइ छ ।
राष्ट्रपतिले गोरखा भूकम्पमा क्षतिग्रस्त ऐतिहासिक सम्पदाको पूर्ववत्स्वरूप र संरचनामै पुनःनिर्माण तथा जीर्णोद्वार चुनौतीपूर्ण हुँदाहुँदै मन्दिर पुनःनिर्माणले पाएको सार्थकताले यहाँको शोभा र सौन्दर्य बढाएको उल्लेख गर्नुभयो ।
त्यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सम्पदा, संस्कृति संरक्षणमा ललितपुरले गरेको चुनौतीपूर्ण कामको प्रशंसा गर्दै गौरव गर्न लायक सम्पदाको संरक्षण र सम्वद्र्धनमा उत्कृष्ट काम गरेको धारणा राख्नुभयो । उहाँले पुरातात्विक संरचनामा कुनै पनि सम्झौता गरी इतिहासलाई कायम राख्दै १० वर्षको अन्तरालमा यो सम्पदा पुनःनिर्माणमा जापानको सहयोग र स्थानीयको समर्पण महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले नेपालको विविधतापूर्ण संस्कृति र प्रकृतिलाई जोगाउनु हामी सबैको कर्तव्य भएको भन्नुभयो । उहाँले यसलाई प्राथमिकता दिएर विश्वसामु परिचित गराउँदै नेपाललाई खुला सङ्ग्रहालयका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपालका लागि जापानी राजदूत माएदा तोरुले अन्तरराष्ट्रिय समुदायको निरन्तर सहयोग र नेपालीहरुको अथक प्रयासले भूकम्पले क्षति पुर्याएको सम्पदाको पुनःनिर्माण सफल भएको बताउनुभयो । उहाँले यो मन्दिर नेपाल र जापानबीचको मित्रताको रुपमा चीरकालसम्म निरन्तरता रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुरातात्विक सम्पदाको ऐतिहासिक महत्वलाई पुरानै स्वरुपमा कायम राखेर निर्माण गर्न स्थानीयलाई जिम्मेवारी दिएर उपभोक्ता समितिमार्फत सम्पन्न गरेको जानकारी गराउनुभयो ।
विसं २०७२ को भन्दा ठूलो भूकम्प आउँदा पनि अहिले पुनःनिर्माण गरिएका सम्पदा सुरक्षित रहने विश्वास व्यक्त गर्नुभयो । देगुतलेजु मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष किरणमान प्रधानले २०७२ को भूकम्पले क्षति पुर्याएको मन्दिर पुनःनिर्माण गर्ने चुनौतीपूर्ण कार्यको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिएको जानकारी गराउनुभयो ।
उहाँले यो महत्वपूर्ण ऐतिहासिक सम्पदाको पुनः निर्माण गरेर भावी पुस्ताको लागि काम गरेको धारणा राख्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नारायणी नदीमा डुबेर दिदीभाइ बेपत्ता
- राजतन्त्र फर्काउने कुरा दिवा सपना मात्र हो : अध्यक्ष नेपाल
- एमालेको कार्यक्रममा कार्यकर्ता ओसार्न सरकारी खर्चमा इन्धन वितरण
- रवीन्द्र मिश्र र धवलशमशेर राणालाई अझै १५ दिन हिरासतमा राखिने
- प्रहरी प्रमुख त युवासंघको सहअध्यक्ष पो रहेछ : लिङ्देन
- बालेनद्वारा राप्रपालाई धन्यवाद
- आन्दोलनरत शिक्षकलाई सरकारले पुनः वार्तामा बोलायो
- प्रतिगमनको ढोका खोल्न संविधान संशोधन गर्दैनौँ : प्रधानमन्त्री
- फेरि कम्युनिस्ट एकता असम्भव छैन : प्रचण्ड
- शिक्षकहरुले दिउँसै बत्ती बालेर खोजे सरकार