
नवलपरासी । पश्चिम नवलपरासीमा सरावल गाउँपालिकाले थारु र मधेश सांस्कृतिक पार्क बनाउने भएको छ ।
सरावलमा पालिकामा थारु र मधेश सामुदायको बाहुल्यता छ । उनीहरु सांस्कृतिक र पहिचानलाई जगेर्ना हुने गरी पार्क निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताउनुभएको छ ।
सांस्कृतिक पार्कमा पहिरन, पेशागत सामग्री, घर, रीतिरिवाज, पुराना संस्कार तथा संस्कृति झल्किने मूर्ति निर्माण गरी राखिने उहाँले बताउनुभएको छ ।
पार्क निर्माणका लागि स्थान चयन तथा डिपिआरसमेत निर्माण भइसकेको छ । थारु सांस्कृतिक पार्क गाउँपालिका–२ को मनरी बनाउने भएको छ भने मधेसी सांस्कृतिक पार्क वडा नम्बर ४ स्थित ललितपुरमा निर्माण गरिने अध्यक्ष चौधरीले बताउनुभयो । यसबाट गाउँपालिकाको पर्यटन प्रवद्र्धन उहाँले भन्नुभएको छ ।
पार्क निर्माणका लागि गाउँपालिकाले सङ्घ र प्रदेशबाट बजेट माग गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राले बताउनुभयो । मनरीस्थित निर्माण हुने थारु सांस्कृतिक पार्कको डिपिआर तयार गरी तारबारसहितको काम अगाडि बढाइएको उहाँले बताउनुभयो ।
मधेश सांस्कृतिक पार्कको प्रारम्भिक सर्भे गरी डिपिआर निमार्णको तयारी भइरहेको अधिकृत मिश्राले जानकारी दिनुभयो । पार्कमा आन्तरिक तथा बाह्य पर्यटकसमेत ल्याउनका लागि अन्य विभिन्न मनोरञ्जनात्मक व्यवस्था गरिने छ । जसमा सेल्फीस्थल, उद्यान, पिकनिक पार्क, सभाहल, जल भण्डारण, पुस्तकालय र विभिन्न किसिमको प्राकृतिक सौन्दर्यतालाई समेत व्यवस्थापन गरिने गाउँपालिकाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा