
बुटवल । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको मालारानी गाउँपालिका–३ लुटीपोखरी–खनदहको भित्री सडकखण्डमा आइतबार बिहान जिप दुर्घटना हुँदा जिपमा सवार बालकृष्ण रिजाल र दिलिप खनालको मृत्यु भएको हो ।
उक्त घटनामा परी दुई जना घाइते भएका छन् । प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले मालारानी गाउँपालिमा वडा नम्बर ४ बस्ने वसन्त पोखरेल र भुवन पोखरेल घाइते भएको बताउनुभयो ।
मालारानीको लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नारायणी नदीमा डुबेर दिदीभाइ बेपत्ता
- राजतन्त्र फर्काउने कुरा दिवा सपना मात्र हो : अध्यक्ष नेपाल
- एमालेको कार्यक्रममा कार्यकर्ता ओसार्न सरकारी खर्चमा इन्धन वितरण
- रवीन्द्र मिश्र र धवलशमशेर राणालाई अझै १५ दिन हिरासतमा राखिने
- प्रहरी प्रमुख त युवासंघको सहअध्यक्ष पो रहेछ : लिङ्देन
- बालेनद्वारा राप्रपालाई धन्यवाद
- आन्दोलनरत शिक्षकलाई सरकारले पुनः वार्तामा बोलायो
- प्रतिगमनको ढोका खोल्न संविधान संशोधन गर्दैनौँ : प्रधानमन्त्री
- फेरि कम्युनिस्ट एकता असम्भव छैन : प्रचण्ड
- शिक्षकहरुले दिउँसै बत्ती बालेर खोजे सरकार