
दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाले अन्तरजातीय विवाह गर्ने एक जोडीलाई नगद ५० हजार रुपियाँ सहित सम्मान गरेको छ । भीमेश्वर नगरपालिका–५ का अन्तरजातीय विवाह गर्ने एक जोडीलाई नगद ५० हजार रुपैयाँ सहित सम्मान गरिएको हो ।
वडा नम्बर ५ का सन्दीप भण्डारी र रामेछाप उमाकुण्डा गाउँपालिका–५ जुना खातीले अन्तर जातीय विवाह गर्नुभएकोमा उहाँहरूलाई प्रोत्साहन स्वरूप नगद ५० हजार रुपियाँ सहित सम्मान गरिएको वडा नम्बर ५ का वडाध्यक्ष वासु श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त जोडिलाई भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरले नगद सहित सम्मान गर्नु भएको हो । नव विवाहित जोडीले गत पुस २६ गते विवाह गरेकोमा माघ ५ गते वडामा विवाह दर्ता गराउनु भएको थियो । विद्यमान जातीय विभेदलाई तोडेर अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको हो । सरकार र वडा सक्रिय भएर जातीय विभेदलाई हटाउन लागिपर्नुपर्ने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा