
मुस्ताङ । यतिखेर १६ जिल्लाका कृषि प्राविधिक मुस्ताङमा छन् । घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रले १६ जिल्लाका कृषि प्राविधिकलाई फलफूल तथा सागसब्जी खेतीसम्बन्धी तालिम दिइरहेको छ ।
सङ्घ, प्रदेश र स्थानीय तहका नायव प्राविधिक सहायक र प्राविधिक सहायकलाई लक्षित गरी केन्द्रले आइतबारदेखि तीनदिने ‘गुणस्तरीय बिरुवा उत्पादन तथा नर्सरी व्यवस्थापन’ विषयक सैद्धान्तिक तथा व्यावहारिक अभ्यास तालिम आयोजना गरिएको हो ।
शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले मुस्ताङमा विभिन्न जिल्लाका कृषि प्राविधिक तथा किसानलाई यसप्रकारको तालिम अभ्यास बर्सेनि सञ्चालन गर्दै आएको छ । फलफूल तथा तरकारीका गुणस्तरीय बिरुवा तथा बीउ उत्पादन गर्न कृषि प्राविधिकलाई यसप्रकारको तालिम अभ्यास सञ्चालन हुने गरेको केन्द्रका कार्यालय प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिनुभयो ।
केन्द्रले शीतोष्ण फलफूल तथा तरकारीमा गरिने प्रसारणका विविध विधि तथा प्रविधि अवलोकन गराउनेलगायत तालिम प्रशिक्षण गराउने गरेको छ । गुणस्तरीय बिरुवा उत्पादनका लागि माउबोट तथा रुटस्टक बिरुवाको व्यवस्थापन तथा नर्सरी स्थापना र व्यवस्थापनलगातयत विषयमा कृषि प्राविधिकलाई व्यावहारिक रूपमा सिकाइने गरिएको प्रमुख आत्रेयले बताउनुभयो ।
तालिममा १६ जिल्लाका १८ कृषि प्राविधिकले सहभागिता जनाएका छन् । तालिममा पाल्पा र गुल्मीबाट दुई–दुई जनाको कृषि प्राविधिकको प्रतिनिधित्व छ । यसैगरी बाँके, काभ्रे, धनकुटा, मोरङ, झापा, पर्वत, मनाङ, ललितपुर, मुगु, पश्चिमनवलपरासी, चितवन, धादिङ, स्याङ्जा, सुनसरी र जाजरकोटबाट समान एक–एक कृषि प्राविधिकको सहभागिता रहेको प्रमुख आत्रेयले जानकारी दिनुभयो । तालिम केन्द्रका प्राविधिक सहायक लक्ष्मण बुढाले संयोजन गर्नुभएको छ ।
तीनदिने ‘गुणस्तरीय बिरुवा उत्पादन तथा नर्सरी व्यवस्थापन’ विषयक सैद्धान्तिक तथा व्यावहारिक अभ्यास तालिममा सहभागी कृषि प्राविधिकलाई सैद्धान्तिकभन्दा बढी व्यावहारिक अभ्यासमा केन्द्रित गरी कार्यक्रम आयोजना गरिएको हो । उनीहरूलाई बढीभन्दा बढी मात्रामा सहज रूपमा सिकाउने गरी बगैँचा तथा नर्सरीमा नै लगेर फिल्ड तालिम भइरहेको प्रमुख आत्रेयले बताउनुभयो । केन्द्रले तालिमका लागि अनलाइनमार्फत दरखास्त आह्वान गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री
- डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ६ विदेशीसहित ५२ जना पक्राउ
- गायिका एलिनालाई अभद्र कमेन्ट गरेको आरोपमा एक जना पक्राउ
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री