
सिन्धुपाञ्चोक । नेसनल हाइड्रो पावर कम्पनी लिमिटेडको व्यवस्थापनमा निर्माण हुन लागेको तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको बाँकी काम पुनः शुरु भएको छ ।
२०६८ सालदेखि निर्माण अलपत्र रहेको आयोजना पुनःनिर्माण थालिएको आयोजनाका कार्यकारी अध्यक्ष कुमार पाण्डेले जानकारी दिनुभएको छ। अध्यक्ष पाण्डेका अनुसार अबको डेढ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम शुरु गरिएको हो ।
विद्युत् विकास बोर्डसँग ३० वर्षको उत्पादन अवधि राखेर लाइसेन्स प्रदान गरेको आयोजनाको कूल लागत १ सय १० करोड रहने अध्यक्ष पाण्डेले जानकारी दिनुभएको छ । ४ दशमलव ५ मेगावाट क्षमताको आयोजनाको सुरुङको लम्बाइ ३ हजार ३ सय मिटर रहेको आयोजनाले जनाएको छ ।
मेलम्ची नगरपालिकामा निर्माणाधीन आयोजनाका लागि ज्योति विकास बैंकसँग ऋण सम्झौता भएको पाण्डेले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा