
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ‘इम्बोस्ड नम्बर प्लेट रिड’ गर्ने पाँच थान ‘आरएफआईडी’ यन्त्र नेपाल प्रहरीलाई हस्तान्तरण गर्नुभएको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा इम्बोस्ड नम्बर प्लेटमा भएको विवरण रिड गर्ने रेडिओ फ्रिक्वेन्सी आइडेन्टिफिकेसन यन्त्र ९आरएफआइडी० हस्तान्तरण गर्नुभएको हो ।
मन्त्री ज्वालाले यो यन्त्र नेपाल प्रहरी मुख्यालयअन्तर्गत कार्यविभाजनका प्रहरी नायब महानिरीक्षक भरत बोहोरालाई हस्तान्तरण गनुभयो । हाललाई पाँच थान हस्तान्तरण गरिएको यो यन्त्र छिट्टै एक सय थान हस्तान्तरण हुने यातायात व्यवस्था विभागले जनाएको छ । योसँगै अब मन्त्रालयको यातायात व्यवस्था विभागले देशका विभिन्न नाकामा इम्बोस्ड प्लेट रिड गर्ने गेटको निर्माण गरिरहेको विभागले जनाएको छ ।
कार्यक्रममा मन्त्री ज्वालाले सवारी साधनमा इम्बोस्ड नं प्लेट जडान गरेसँगै सवारी साधनको सुरक्षा तथा अन्य हिसाबले यो प्रणाली महत्वपूर्ण हुने बताउनुभयो । सो अवसरमा यसको ‘डेमो’समेत गरेर देखाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा