
काठमाडौँ । यो साता तीन दिन लगातार उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार भने ओरालो लागेको छ । नेप्से परिसूचक २१ दशमलव ६७ अंकले घटेर २ हजार ९७ दशमलव ९३ को विन्दुमा अडिएको छ ।
बुधबार ३ सय १३ कम्पनीको १ करोड ४७ लाख ७७ हजार १ सय १० कित्ता शेयर, ९५ हजार ६ सय ४५ पटक किनबेच हुँदा ५ अर्ब २९ करोड ५६ लाख ५ हजार ५७ रुपैयाँ बराबरको कारोबार भएको छ । उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १४ प्रतिशतले बढेको छ । अन्य समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह २ दशमलव ०४ प्रतिशतले घटेको छ ।
सामलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्य बुधबार सबैभन्दा धेरै ९ दशमलव ८७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ५ दशमलव ८७ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ६३ करोड ८७ लाख ८२ हजार ६ सय ९१ रुपैयाँ बराबरको ८ लाख ८९ हजार ८ सय ६८ कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा