
कैलाली । नगरस्तरीय अन्तर विद्यालय तथा राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको उपाधि कर्णाली मावि सत्तीले पाएको छ । प्रतियोगितामा त्रिभुवन मावि बटनपुर दोस्रो र खड्ग मेमोरियल मावि टीकापुर तेस्रो भएका छन् ।
त्यसैगरी कक्षा १(५ तह अन्तर्गत कर्णाली मावि टीकापुर प्रथम, खड्ग स्मृति मावि टीकापुर दोस्रो र बोर्र्डर लाइन स्कुल बैदी तेस्रो भएको छ । साथै कक्षा ६(१२ तर्फ कर्णाली मावि टीकापुर सत्ती प्रथम, त्रिभुवन मावि बटनपुर दोस्रो र खड्ग मेमोरियल मावि टीकापुर तेस्रो भएका छन् । भलिबल छात्रतर्फ आरएमई स्कूल टीकापुर प्रथम, खड्ग स्मृति मावि टीकापुर दोस्रो र सेतिमैया मावि झुङ्गा तेस्रो भएको छ भने छात्रातर्फ सगुन विद्या निकेतन टीकापुर प्रथम, सरस्वती मावि टीकापुर दोस्रो र कर्णाली मावि सत्ती तेस्रो भएका छन् ।
भलिबलमा उत्कृष्ट खेलाडीका करिश्मा ऐडी र रमित चौधरी चयन भएका छन् । कराँतेतर्फ सामुयल चौधरी र एन्जिला चौधरी रहेका छन् भने एथलेटिक्समा सन्देश विक, सृष्टी चौधरी र स्वर्णिम पुनमगर विजयी हुनुभएको छ । विजेता टिम र खेलाडीलाई ट्रफी,मेडल प्रदान गरिएको छ । विजयी खेलाडीहरुले अब जिल्लास्तरीय प्रतियोगिताका लागि तयारी गर्नेछन् ।
प्रतियोगिता समापन गर्दै टीकापुर नगरपालिका प्रमुख रामलाल डगौरा थारुले खेलका माध्यमबाट टीकापुरको पहिचान बनाउने बताउनुभयो । ‘खेल गतिविधि बढाउनेछौँ, यहाँ सम्भावना भएका खेलाडीका लागि हौसला दिने काम हुनेछ’ उहाँले भन्नुभयो– ‘खेल र खेलाडीको विकास भएमा शिक्षा सुधारमा पनि सहयोग पुग्छ ।’ टीकापुर(८ का वडाध्यक्ष दीर्घ ठकुल्लाले खेलले विद्यालयको क्षमता र पहिचान स्थापित गराएको बताउनुभयो ।
‘प्रतियोगिताले विद्यालयको क्षमता, खेलाडीमा गरिएको लगानी देखिन्छ’ उहाँ भन्नुहुन्छ– ‘खेलमा उत्कृष्ट विद्यार्थी अन्य क्षेत्रमा समेत मेहनती र उत्कृष्ट हुन्छन् ।’ अभिभावक तर्कराज रेग्मीले खेलकुद गतिविधि बढ्दा विद्यार्थीलाई हौसला मिल्ने बताउनुभयो । ‘विगतमा छोरीहरु दौड, भलिबल, फुटबल खेलमा मात्र देखिन्थे, आजभोलि कराँते, हाइजम्प, लङजम्प जस्ता खेलमा देखिदैछन्’ उहाँ भन्नुहुन्छ, ‘अभिभावक, शिक्षकको साथ, सरकारको लगानीले अहिले हरेक खेलमा छोरीहरु देखिएका छन्, यो खुसीको कुरा हो ।’
टीकापुर प्याब्सनको आयोजनामा प्याब्सन नवौँ रनिङ कप प्रतियोगिता समेत शुरु भएको छ । खेलकुद तीन दिनसम्म चल्नेछ । खेलकुदमा टीकापुरका २६ संस्थागत विद्यालय सहभागी छन् । खेलकुदमा केक खाने दौड प्रतियोगिता, दौड, हिसाब दौड, कट्टा दौड, चम्चा दौड, भलिबल, क्रिकेट, हाइजम्प, लङजम्प, सटफुटलगायतका खेल हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा