+

आज यी क्षेत्रमा हुन सक्छ हिमपात

काठमाडौँ ।  आज आज मुलुकका केही स्थानमा हिमपात हुन सक्ने सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागले आज हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको छ । 


विभागका अनुसारख  दिउँसो कोशी प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा भने आंंशिक बादल रही एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ ।

मधेस प्रदेशमा आज तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ । बागमती प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बादल रहने सम्भावना छ भने तराई क्षेत्रमा मुख्यतया सफा रहने छ । 

गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बादल रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बादल रहने सम्भावना छ भने पहाडी क्षेत्रमा आंंशिक बादलको सम्भावना छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बादल रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रमा आंंशिक बादल रही एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बादल रहने सम्भावना छ भने पहाडी क्षेत्रमा आंंशिक बादल रहने सम्भावना छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट