+

नेपाल र कम्बोडियाबीच सिधा हवाई सेवा सञ्चालनबारे छलफल

काठमाडौँ ।  सरकारले कम्बोडियासँग सिधा हवाई सेवा सञ्चालनबारे छलफल थालेको छ । कम्बोडियाका वरिष्ठ सरकारी अधिकारीहरुसँग मङ्गलबार न्होमपेनमा भएको भेटघाटमा सरकारले सेवा सञ्चालनबारे छलफल गरेको हो । 

कम्बोडिया भ्रमणमा रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफ्ना कम्बोडियाली समकक्षीसँग नेपाल र कम्बोडियाबीच सिधा हवाई सेवा सञ्चालनबारे छलफल भएको हो । उहाँले त्यहाँका संस्कृति तथा धार्मिक मामिलामन्त्री चाई बोरिनलाई पनि भेटेर त्यस सम्बन्धमा छलफल गर्नुभएको हो । 

नेपाल र कम्बोडियाबीच बृहत्तर बुद्ध परिपथसँगै धार्मिक एवं पर्यटकीय सञ्जाल निर्माणबारे छलफल भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । साथै मन्त्री पाण्डेले दुई मुलुकबीच पर्यटन प्रवर्द्धन र द्विपक्षीय हितका विविधि आयामबारे छलफल गर्नुभएको छ। 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट