+

आज केही ठाउँमा आंशिक बादल लाग्ने

काठमाडौँ । आज मुलुकको केही ठाउँमा आंशिक बादल लाग्ने भएको छ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक  प्रभाव रहेको ल तथा मौसम विज्ञान विभागले जनाएको छ । 


विभागका अनुसार त्यही कारण हाल देशको पहाडी भू–भागमा आंशिक बादल लागेको हो । विभागका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा साधारणतया आंशिक बादल रहे पनि अन्य ठाउँमा मौसम सफा रहने छ । 

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट