
काठमाडौँ। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले पहिलो जित हासिल गरेको छ । कोशीले लुम्बिनी प्रदेशलाई १६ रनले हराउँदै आफ्नो अपराजित यात्रा टुङ्ग्याएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कोशीले अन्तिम खेलमा लुम्बिनीलाई पराजित गर्दै दुई अङ्कका साथ प्रतियोगिताको अन्त्य गरेको छ । कोशीले टस हारेपछि पहिला ब्याटिङ गर्दै ४४ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय ७२ रन बनायो । एक सय ७३ रनको विजयी लक्ष्य पच्छाएको लुम्बिनीको पारी ४६ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर एक सय ५६ रनमा समेटियो ।
लुम्बिनीका लागि दिलसाद अलीले सर्वाधिक ३२ रनको योगदान दिए । त्यस्तै विराट भण्डारीले २८, समराट भुसालले २६ तथा कृष्ण कार्कीले २२ रन बनाए । यस्तै कप्तान सुशान्त थापा र निर्मल गुरुङले समान ११÷११ रन जोडे ।
बलिङतर्फ कोशीका सुजन घिमिरेले तीन तथा अभ्यास तिमिल्सिना, कमल खत्री र समीर कार्कीले दुई दुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने क्रममा कोशीका लागि कप्तान अङ्कित सुवेदीले सर्वाधिक ४९ रनको योगदान दिए । त्यस्तै सौजन घिमिरेले ४३, मिनास थापाले २५ तथा सोनु अन्सारीले १७ रन बनाए ।
बलिङतर्फ लुम्बिनीका नर सार्कीले चार विकेट लिए । यस्तै वीर मगरले तीन तथा अभिशेक गौतमले दुई र कृष्ण कार्कीले एक विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा