+

सिचुआन एयरलाइन्सले थाल्यो पोखरामा नियमित उडान

काठमाडौँ । चिनियाँ वायुसेवा कम्पनी सिचुआन एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट  नियमित चार्टर उडान थालेको छ । सिचुआन एयरलाइन्स पहिलो उडानको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार अवतरण गरेको छ ।


नेपालस्थित चिनियाँ दूतावासका अनुसार छेन्दुबाट आएको यो जहाजबाट १ सय २८ यात्रु पोखरा ओर्लिएका छन् । पोखराबाट १ सय २० यात्रु सोही उडानबाट छेन्दु जानेछन् ।

पोखरामा यसअघि प्रवद्र्धनात्मक चार्टर उडान भए पनि नियमित उडान हुन सकेको थिएन । अब सिचुआनले नियमित चार्टर उडान गर्ने भएको छ ।

सिचुआन एयरलाइन्सको उडानसँगै पोखरा घुमफिरमा आउन चाहने चिनियाँ पर्यटकले अब काठमाडौं ओर्लनुपर्ने बाध्यता हट्ने छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट