+

ट्रकमा स्रोत नखुलेको २५ करोड लिएर हिडिरहेका एक जना पक्राउ

काठमाडौँ । प्रहरीले  ट्रकमा स्रोत नखुलेको  २५ करोड रुपैयाँ लिएर हिडिरहेका एक जनालाई पक्राउ गरेको छ ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट उल्लेखित रकमसहित एक जना पक्राउ गरेको हो । 


सोमबार राति ना १ ख १६५२ नम्बरको ट्रकमा लिएर हिडिरहेको अवस्थामा नेपाली रुपैयाँ, अमेरिकी डलर, युरो लगायत विभिन्न मुलुकका उल्लेखित रकम बराबरको मुद्रा बरामद गरिएको  वरिष्ठ उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभएको छ । 

प्रहरीले पक्राउ परेका व्यक्तिको नाम भने खुलाएको छैन । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट