
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीभित्र विचारको बहस आवश्यक रहेको स्पष्ट पार्नु भएको छ।अखिल नेपाल महिलासंघ (समाजवादी) छैटौं केन्द्रीय कमिटी वैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो धारणा राख्नुभएको हो ।
अध्यक्ष नेपालले भन्नुभयो, ‘हाम्रो पार्टीको दोस्रो केन्द्रीय परिषद्को वैठक सम्पन्न भएको छ। हामीले केही राम्रा निर्णय गरेका छौं। युवाहरूलाई सहभागिता गराउने, केन्द्रीय कमिटीलाई चुस्त बनाउने, विधानलाई मजबुद बनाउने काम हामीले गरेका छौं। अबका दिनमा विचारको समेत बहस हुनेछ। फरक मत राख्न पाइन्छ। त्यसका बारेमा पार्टी कमिटीभित्र बहस गर्नुपर्छ।’
पार्टीको विधानले २० प्रतिशत युवा सहभागितको व्यवस्था गरेपनि यतिका संख्यामा पार्टीमा युवा नेताहरू छन् कि ? छैनन् भन्दै प्रश्न गर्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘महिला संघको यो वैठकमा सायदै युवा हुनुहुन्छ। पार्टीमा युवा नेताहरू अभाव नहोस्, हामीले तय गरेको बाटोमा युवाहरूको उल्लेख्य उपस्थिति रहोस्। नक्कली नागरिकता पेश गरेर केन्द्रीय सदस्य बन्ने काम नहोस्। पार्टीलाई सशक्त रुपमा अगाडि बढाउनका निम्ति सबै कमरेडहरूलाई हार्दिक अनुरोध गर्दछु।’ संगठनकी महासचिव रमा आलेले सञ्चालन गर्नु भएको कार्यक्रममा प्रदेशका तर्फबाट विभिन्न नेताहरूले रिपोर्टीङ गर्नु भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा