
सिरहा । लहान नगरपालिकाले लामो समयदेखि जीर्ण रहेका भित्री सडक कालोपत्र गर्ने भएको छ ।
आज नगरप्रमुख महेशप्रसाद चौधरीले एक कार्यक्रमबीच यहाँको ठाना चोकदेखि कटहा चोकसम्म सडक कालोपत्र (अस्फाल्ट) कार्यको शिलान्यास गर्नुभयो ।
यस सडकले लहान नगरपालिका–१, २, ३ र १९ का वडावासी लाभान्वित हुनेछन् । सडक कालोपत्रको शिलान्यास गर्दै नगरप्रमुख चौधरीले निर्धारित समयभित्र गुणस्तरीय सडक निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै, उहाँले धुवाँधुलोले आक्रान्त यहाँका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने बताउनुभयो । नगरप्रमुख चौधरीले भन्नुभयो– ‘सडक कालोपत्र नहुँदा लामो समयदेखि धुँवा र धुलोको समस्याले हैरान भएका भन्दै यहाँका नागरिकको गुनासो थियो । अब त्यसबाट मुक्ति मिल्ने छ ।’
आगामी दिनमा नगरमा रहेका जीर्ण सडक क्रमशः कालोपत्र तथा ढलान गरी नगरबासीलाई गुणस्तरीय सडक उपलब्ध गराउने नगरप्रमुख चौधरीको भनाइ छ ।
चार करोड पाँच लाख १३ हजार ८१८ रुपैयाँ (भ्याटसहित) रहेको यस आयोजना आगामी जेठ २ गतेसम्म सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ । शिलान्यास कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष युगलकिशोर चौधरीले भित्रि सडक कालोपत्र हुने भएपछि स्थानीय हर्षित भएको बताउनुभयो ।
उहाँले यस प्रकारका आयोजनाले लहान नगरपालिकाको समग्र विकासमा महत्वपूर्ण योगदान दिने धारणा राख्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह