
पोखरा । पोखरामा जारी आहा रारा पोखरा गोल्डकपअन्तर्गत आज हुने अन्तिम क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड आमनेसामने हुँदैछन् । उक्त खेल पोखरा रङ्गशालामा दिउँसो २ः३० बजे सुरु हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।
यसअघि सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा मनाङ मस्र्याङ्दीविरुद्ध ‘सडन डेथ’मा ७–६ को जित निकाल्दै जावलाखेल युथ क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । पहिलो सेमिफाइनल बुधबार जावलाखेल र थ्रिस्टार क्लबबीच हुनेछ ।
आज हुने चर्च ब्वाइज र नेपाल पुलिस क्लबबीचको खेलको विजेताले बिहीबार त्रिभुवन आर्मी क्लबसँग दोस्रो समिफाइनल खेल्नेछ । आगामी २० गते फाइनल खेल हुने आयोजक सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले जानकारी दिनुभयो । तेइसौँ संस्करणको यस प्रतियोगिताका विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा