
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र नोबेल शान्ति पुरष्कार विजेता कैलाश सत्यार्थीबीच भेटवार्ता भएको छ । परराष्ट्र मन्त्रालयमा आज उहाँहरुबीच भेटवार्ता भएको हो ।
भेटका अवसरमा परराष्ट्रमन्त्री साउदले बालअधिकारको क्षेत्रलगायत अन्य सामाजिक क्षेत्र र परोपकारी काममा नेपाल र भारतमा सत्यार्थीले पु¥याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो । सत्यार्थीलाई सन् २०१४ मा बालअधिकारको क्षेत्रमा काम गरेवापत नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँगै मन्त्रालय पुग्नुभएका सत्यार्थी र मन्त्री साउदबीच आगामी मार्चमा लुम्बिनीमा हुने ‘लरेट्स एन्ड लिडर्स’ नामकमा शिखर सम्मेलनको तयारी बारे पनि छलफल भएको थियो ।
लुम्बिनी सरकारले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बालबालिकाको हित, दिगो विकास र शान्तिका लागि ‘लरेट्स एन्ड लिडर्स’ नामकमा शिखर सम्मेलन आयोजना गर्दैछ । लुम्बिनी सरकारले चालु आवको नीति तथा कार्यक्रम र बजेटमै समेटेको शिखर सम्मेलन आगामी मार्च ११ र १२ मा आयोजना गर्न लागेको हो ।
शिखर सम्मेलनमा विश्वभरबाट विकासको क्षेत्रमा काम गरिरहेका विज्ञ, अभियन्ता, संयुक्त राष्ट्रसङ्घीय निकायका उच्च अधिकारी, सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिलाई आमन्त्रण गरिने लुम्बिनी प्रदेश सरकारले जनाएको छ । ‘लरेट्स एन्ड लिडर्स’ नामकमा शिखर सम्मेलन आयोजनाले शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मभूमि लुम्बिनीको प्रचारप्रसारमा थप टेवा पुग्ने आयोजकले अपेक्षा गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा