
कर्णाली । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले देशलाई समृद्ध बनाउनका लागि राजनीतिलाई आर्थिक क्रान्तिसँग जोड्नुपर्ने बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टीद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘पत्रकार सम्मेलन’ मा उहाँले कृषि तथा आर्थिक क्रान्तिबाट आत्मनिर्भर मुलुक निर्माण अबको मूल सवाल भएको बताउनुभयो । उत्पादनसँग जोडिएको पार्टीको अभियानअन्तर्गत सल्यान, रुकुम, रोल्पा, जुम्ला, कालीकोट, दैलेख हुँदै एक महिनाको अवधिमा सुर्खेत आई पुग्नुभएका उहाँले गफ चुट्ने नेताबाट देशको रुपान्तरण सम्भव नभएको तर्क गुर्नभयो ।
उहाँले भन्नुभयो– ‘उत्पादनविनाको सुखभोग गर्नु कि भ्रष्टाचार हो कि त भने शोषण गर्नु नै हो । अब उत्पादन अभियानमा जोडिनुको विकल्प छैन । हरेकले पहिलो आफ्नो पार्टी, नेता, कार्यकर्ता आत्मनिर्भर बनाउँ अनि मात्र जनतालाई गएर उत्पादनमूलक कार्यमा जोडौँ । विदेशी एवं दातृ निकायसँग ऋण लिने वा भिख मागेर देश समृद्ध बन्न सक्दैन ।’
उहाँका अनुसार कर्णालीका डाँडापाखा ढाकिने गरी स्याउ तथा अन्य कृषि कार्य गर्न सकिन्छ तर अचेल कम्युनिष्ट नेतामा आवारा प्रवृत्ति बढ्दै गएको छ । नेता विप्लवले भन्नुभयो– ‘जनतामा जाँदा हरेकले माओवादी एक हुनुपर्ने इच्छा व्यक्त गरेको पाइयो ।’
उपयोग र निषेधवादी नीतिबाट नभई रुपान्तरणकारी सोच र उद्देश्यबाट माओवादी तथा कम्युनिष्ट एकता हुने र त्यो सम्भव रहेको महासचिव चन्दले बताउनुभयो । राजनीतिक गर्नेले श्रम गर्नुपर्ने भन्दै उहाँले जुम्लामा ७ सय स्याउका बिरुवा रोप्नाका साथै कालीकोटमा भेडा फार्म उद्घाटन गरिएको जनाउनुभयो ।
भेडा फार्ममा अहिले करिब १ सय ५० भेडा रहेको र त्यसमा स्थानीय जनताले सहयोग गरेको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन