
काठमाडौँ । प्रधानसेनापति खुला म्याराथन तथा रन फर फन प्रतियोगिता–२०८० फागुनमा सञ्चालन हुने भएको छ ।
नेपाली सेनाको आयोजनामा सञ्चालन हुने नवौँ संस्करणको प्रतियोगिता फागुनमा १९ गते सञ्चालन हुने भएको हो । नेपाली सेनाका महासेनानी प्रमोदकुमार थापाले प्रतियोगितमा विभिन्न पाँच विधाका स्पर्धामा प्रतिस्पर्धा हुने जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा ४२–१९५ किलोमिटरको म्याराथन, हाफ म्याराथन, १० किमी दौड, पाँच किलोमिटरको वाकाथन र सैनिक विद्यालयका छात्रछात्राका लागि पाँच किलोमिटरको दौड हुनेछ ।
महासेनानी थापाले प्रतियोगिताका लागि खेलाडी छनोट गरी अभ्यास गरिरहेको बताउनुभयो । म्याराथनमा पुरुष खेलाडीले मात्र सहभागिता जनाउनेछन् भने अन्य विधाको खेलमा महिला तथा पुरुष खेलाडीले भाग लिनेछन् ।
म्याराथनमा पहिलो हुने खेलाडीले ३ लाखसहित एक थान यमाह कम्पनीको मोटरसाइकल पाउनेछन् । दोस्रोले २लाख, तेस्रोले १ लाख, चौथोले ५० हजार, पाँचौँले ३० हजार, छैटौँले २५ हजार र सातौँ हुने खेलाडीले २० हजार पाउने आयोजकले जनाएको छ । त्यही विधामा आठौँ हुने खेलाडीले १५ हजार, नवौँ हुने खेलाडीले १० हजार तथा १०औँ हुने खेलाडीले ५ हजार रुपैयाँ पाउने छन् ।
हाफ म्याराथनतर्फ पहिलो दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ७५ हजार, ५० हजार र ३५ हजार पाउनेछन् । पहिलो हुने खेलाडीले ७५ हजारसहित यमाह कम्पनीको मोटरसाइकल पाउनेछन् । १० किमी दौडमा पहिलो दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः १० हजार, ७ हजार र ५ हजार पाउनेछन् । पाँच किमीको छात्रछात्रा दौडमा पहिलो हुनेले १० हजार, दोस्रोले ७ हजार र तेस्रो हुने खेलाडीले ५ हजार पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा