
झापा । भूटानको डागा युनाइटेड एफसी दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । योसँगै गोल्डकपमा सेमिफाइनलको समीकरण पूरा भएको हो ।
मेची रङ्गशालामा सोमबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा विभागीय टोली एपिएफलाई ३–२ गोल अन्तरले पराजित गर्दै डागा युनाइटेडले अन्तिम चारमा स्थान बनाएको हो । डागा युनाइटेडले फाइनल प्रवेशका लागि झापा–११ सँग खेल्नेछ ।
डागा युनाइटेडका लागि खेलको ३४औँ मिनटमा लाक्पा पाख्रिनले गोल गर्दै अग्रता दिलाएका हुन् । खेलको ३६औँ मिनटमा सोही टोलीका हेमराज भुजेलले ३६औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । दबाबमा रहेको एपिएफ पहिलो हापमा २–० ले पछि परेको थियो ।
खेलको ५९औँ मिनटमा एपिएफका दिपेश धिमालले एक गोल फर्काउँदै टोलीलाई २–१ को स्थितिमा पु¥याएका थिए । खेलको ६३ औँ मिनटमा दागा युनाइटेडका भुजेलले दोस्रो गोल गर्दै ३–१ को अग्रता बनाएका हुन् । खेलको इञ्जुरी समयमा पाएको पेनाल्टी सदुपयोग गर्दै एपिएफका सुमन श्रेष्ठले गोल गर्दै टोलीलाई ३–२ को स्थितिमा पु¥याएका थिए ।
दोस्रो हाफमा केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न नसकेपछि जारी गोल्डकपबाट विभागीय टोली बाहिरिएको छ । मङ्गलबार पहिलो सेमिफाइनलका खेल आयोजक भद्रपुर ब्लेजर्स र बङ्गलादेशको काउर्न बाजार प्रगति सङ्घबीच हुनेछ । प्रतियोगिताको विजेता टोलीले नगद रु १३ लाख र उपविजेता टोलीले नगद रु सात लाख प्राप्त गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी