
पोखरा । साविक विजेता सङ्कटा क्लबलाई ३–० गोलले पराजित गर्दै त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा ! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालाका आज भएको क्वाटरफाइनल खेलमा आर्मीका लागि दिनेश हेन्जनले दुई र जिलेस्पीजङ्ग कार्कीले एक गोल गरे ।
दिनेशले खेलको दोस्रो मध्यान्तरको ४८औँ मिनेटमा र ७६औँ मिनेटमा गोल गरे भने जिलेस्पीजङ्गले पहिलो मध्यान्तरको ४५आँै मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । आर्मी अब मङ्गलबार हुने चर्च ब्वाइज र एपीएफ क्लबबीचको खेलको विजेतासँग सेमिफाइनल खेल्नेछ ।
यसअघि शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा भूटानको पारो फुटबल क्लबलाई २–० गोलले हराउँदै थ्रिस्टार क्लबले प्रतियोगिताको अन्तिमा चार स्थान पक्का गरेको थियो । तेस्रो क्वाटरफाइनल खेल सोमबार मनाङ मस्र्याङ्दी र जावलाखेल युथ क्लबबीच हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।
प्रतियोगितामा भूटानको पारो फुटबल क्लबसहित साबिक विजेता सङ्कटा क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल, मनाङ मस्र्याङ्दी, जावलाखोल युथ क्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्रिस्टार, राइजिङ स्टार र आयोजक सहारा क्लबको सहभागिता जनाएको क्लबका अध्यक्ष केशवराज बरालले जानकारी दिनुभयो ।
प्रतियोगिताका विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार प्राप्त गर्ने छन् । प्रि–क्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई जनही रु २०/२० हजार, क्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई रु ३०/३० हजार तथा सेमिफाइनल विजेता र पराजित दुवै टोलीलाई रु ५०/५० हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता यही माघ २० गतेसम्म सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा